धनुषामा अनलाइन मार्फत ठगी गर्ने ६ जना प्रहरी नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार १० बैशाख २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – अनलाइन मार्फत ठगी गर्ने ६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले आज आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका–१ का ४० वर्षीय संजिव भिनवार यादव, कमला नगरपालिका–३ लग्माका २५ वर्षीय रंजित नुनिया, जनकपुरधाम उपमहानगरपालिका–१७ का ३३ वर्षीय अन्देश महतो, जनकपुरधाम–१६ का पप्पु पूर्वे, वडा नम्बर १२ का ४८ वर्षीय उसवान अन्सारी र सोही ठाउँका २० वर्षीय मोहमद जिलानी साफी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

उनीहरूले अमेरिकन टलविन लाइफ नेटवर्किङ ब्राउजरबाट एक हजार ९१ जनालाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो व्यक्तिहरूबाट चार हजार ५ सय नेपाली रुपैयाँको दरले करिब ४९ लाख ९ हजार ५ सय रुपैयाँ रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी खड्काको भनाई छ ।

प्रहरीका अनुसार प्रतिव्यक्तिबाट ३० रुपैयाँ अमेरिकी डलर लिएर चयनमा जोड्ने र अन्य व्यक्तिलाई पनि नेटर्वकिङमा आबद्ध हुन उनीहरूले प्रलोभन दिने गरेका थिए ।

सोबापत पहिलो व्यक्ति प्रत्यक्ष सदस्य बनाउनेले ५० प्रतिशत कमिसन आउने गरेको थियो भने बाँकी कम्पनीलाई जाने गरेको तथ्य खुलेको प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्