काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय धनुषाले ७ लाख बढी नक्कली नोट सहित एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिदेह नगरपालिका -६ कि अनु कुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।
त्यस्तै नक्कली कारोबारमा संलग्न रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिका -२ बस्ने अन्दाजी २५ वर्षका लंकेश कुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरु माथी अनुशन्धान भैरहेको छ ।
जिरोमाइल प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आज बैशाख ११ गते अपरान्ह पौने चार बजेको समयमा जनकपुर उपमहानगरपालिका -२३ स्थित बसपार्कबाट साहलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख खड्काको भनाई छ ।
पक्राउ परेकी साहको साथबाट सात लाख एकत्तर हजार पाँच सय नेपाली नक्कली नोट, दस हजार पाँच सय सक्कली नेपाली रुपैयाँ साथै भारतिय १६० रुपैयाँ समेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्