वन महासंघको अध्यक्षमा भुसाल निर्वाचित

दाङ समाचार
दाङ समाचार १५ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङको अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित हुनु भएको छ । नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार भएको निर्वाचनबाट भुसाल अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

उपाध्यक्षमा चन्द्रबहादुर वली र सचिव राधा विष्ट सर्वसहमतिमा चयन हुनु भएको छ । अधिवेसनले २२ जना सदस्यमा आमसहमतिबाट निर्वाचित हुनु भएको छ । बुधबार शुरु भएको छैठो जिल्ला अधिवेसनमा नयाँ नेतृत्व चयनका लागि आमसहमति जुट्न नसकेपछि आज अध्यक्ष पदमा निर्वाचन भएको हो । अन्य पदमा भने आम सहमति जुटेको छ ।

यसैबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई आजै एक कार्यक्रमकाबिच पद तथा गोपनियताको सपथ खुवाइएको छ । निर्वाचन संयोजक घनश्याम थापाले नवनिर्वाचितहरुलाई सपथ खुवाउनु भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद भुसाल, निर्वतमान अध्यक्ष भूपेन्द्र सुवेदी, वन महासंघका प्रदेश उपाध्यक्ष तिलकराम भण्डारीले बोल्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्