रास्वपाले पुरानै मन्त्रालय माग्नु स्वभाविक – प्रधानमन्त्री प्रचण्ड

दाङ समाचार
दाङ समाचार १८ बैशाख २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाले पहिलाका मन्त्रालय माग्नु स्वभाविक भएको बताउनु भएको छ । सोमबार प्रेस सेन्टर नेपालले चितवनमा आयोजना गरेको कार्यक्रममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो,‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन। सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ।’ रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको जनाउँदै प्रचण्डले यसैमा अध्यक्ष रवि लामिछाने अडिन्छन् भन्ने आफूलाई नलागेको बताउनु भयो ।

सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने बताउदै रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उहाँले स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री दाहालले भने,‘रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन। छलफलकै क्रममा भएकाले केही छैन।’ प्रचण्डले सरकार पाँच वर्ष चल्ने पनि दावी गर्नु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्