प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

दाङ समाचार
दाङ समाचार १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिनु भएको छ । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालले ऐतिहासिक जित हात पारेकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनुभएको हो।

“एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु”, प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, “देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई ऊर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपालले सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्