बझाङमा पनि हिमपहिरो, यार्सागुम्बा टिप्न गएकी महिला बेपत्ता

दाङ समाचार
दाङ समाचार १९ बैशाख २०८०, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ – बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका-१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए । उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्