करेन्ट लागेर दाङमा १ को मृत्यु, २ घाइते

दाङ समाचार
दाङ समाचार २० बैशाख २०८०, बुधबार
1 Min Read
Aa

दाङ – करेन्ट लागेर दाङ तुलसीपुरमा आज एक जनाको मृत्यु भएको छ। थप दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश विक रहेका छन् । उनी तुलसीपुर बसेर जापानीज भाषा पढाउँथे।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले दिएको जानकारी अनुसार महेश बुधबार साँझ ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नम्बर ६ स्थित विद्युत कार्यालय नजिकै रहेको जापानी भाषा सिकाउने आफ्नो कार्यालयको बोर्ड फेर्दै थिए। पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर अवस्थामा पुगेका महेशको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डिएसपी मल्लले बताउनु भयो ।

करेन्ट लागेर पुथा – १२ कक्शेरा फल्नेका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालिका– ४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन्। उनीहरू दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

अर्जनु र मोनिका पनि तुलसीपुर– ६ मै डेरा गरी बस्दै आएका थिए। #Setopati

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्