घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २३ बैशाख २०८०, शनिबार
1 Min Read
Aa

काठमाण्डौ – इलामको सूर्योदय नगरपालिकामा घर बनाउने क्रममा माटोले पुरिएर चार जना भारतीय श्रमिकको मृत्यु भएको छ। शुक्रबार अपराह्न नगरपालिकाको १० नम्बर वडामा स्थानीय विनोद श्रेष्ठको घर निर्माणका क्रममा चार जनाको मृत्यु भएको हो।

घर निर्माणका लागि जग खन्ने क्रममा माटोको ढिस्को खस्दा भारतको बिहारका १९ वर्षीय मैजफर आलम, १८ वर्षीय तोसिब आलम, मो. अब्दुल आलम, र अलिम महिम आलमको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

ज्यान गुमाउने चारै जना बिहारको किसनगञ्ज जिल्लाका हुन्। प्रहरीका अनुसार माटो खस्दा अन्य तीन जनाले भागेर ज्यान जोगाएका थिए। प्रहरीका अनुसार ज्यान गुमाएकाहरुको शव फिक्कलस्थित फिक्कल अस्पतालमा राखिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्