योजना आयोगको उपाध्यक्ष डाक्टर केसी

दाङ समाचार
दाङ समाचार २६ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

दाङ– लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डाक्टर नहकुल केसी नियुक्त हुनु भएको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले स्थानीय विकास विज्ञ डाक्टर केसीलाई आयोजको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रबक्ता सन्तोष कुमार पाण्डेयले जानकारी दिनु भयो ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्राबधान रहेको छ ।

उपाध्यक्षमा नियुक्त केसी स्थानीय विज्ञ हुनुहुन्छ । लामो समय देखि सामाजीक विकासको क्षेत्रमा क्रियाशील डाक्टर केसी ग्रामिण तथा स्थानीय विकासमा विद्यावारिधि हुनुहुन्छ । गरिवि विवारण कोषको पूर्व कार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्थानमा विकाससंग जोडिएर दशक वढी काम गर्नु भएको थियो । केसी तुलसीपुर उपमहानगरपालिका ६ को स्थायी बासिन्दा हुनुहुन्छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्