दाङ – एकीकृत समाजवादी पार्टीका नेता तथा पुर्व मंत्री मेटमणि चौधरीले शैक्षिक विकासबिना समृद्धि हासिल गर्न नसकिने बताउनु भएको छ। शनिबार लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री चौधरीले शिक्षा क्षेत्रलाई सरकारले पहिलो प्राथमितामा राखेर काम गर्नुपर्ने बताउनु भयो ।
देउखुरी बहुमुखी क्याम्पसको १८ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनको शनिबार उद्घाटन गर्दै चौधरीले देउखुरी बहुमुखी क्याम्पसलाई बहुउद्देश्यीय क्याम्पसको रुपमा विकास गरिने बताउनुभयो । ‘यहाँ रहेको क्याम्पसलाई छुट्टै प्रकारले अघि बढाउनुपर्नेछ ।
लमहीको देउखुरी बहुमुखी क्याम्पसलाई बहुउद्देश्यीय क्याम्पसको रुपमा, गढवा र लालमटियामा रहेको क्याम्पसलाई फरक–फरक विषयको अध्ययन गर्ने क्याम्पसको रुपमा अघि बढाउनुपर्ने छ’– उहाँले भन्नुभयो–
क्याम्पसका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुशीला चौधरी, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, पूर्वनगरप्रमुख तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कुलबहादुर केसी, नेपाली कांग्रेसका मधु न्यौपाने, नेकपा माओवादी केन्द्रका बसन्तराज शर्मा, राष्ट्रिय जनमोर्चाका ताराप्रसाद खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डिल्लीराज खनाल, राप्रपाका हिरालाल खड्का, पत्रकार केपी घिमिरे, सहायक क्याम्पस प्रमुख खोपेन्द्र ज्ञवाली, स्ववियु सभापति भरत भुसाललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
क्याम्पस प्रमुख शिव ओलीले क्याम्पसको शैक्षिक प्रगति र भावी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा क्याम्पसका संस्थापक सदस्य, विशिष्ट सदस्य, आजीवन सदस्यलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष शेषमणि गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख भेषराज पोख्रेल र कर्मचारी गोमा कँवरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्