दाङमा खोलामा डुबेर बालकको मृत्यु

दाङ समाचार
दाङ समाचार ४ जेष्ठ २०८०, बिहीबार
0 Min Read
Aa

दाङ – नुहाउने क्रममा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ का १० वर्षीय बसन्त बोहरा रहेका प्रहरीले जनाएको छ ।

बुधवार तुलसीपुर उपमहानगरपालिका– १७ बघौसीस्थित हापुरखोलामा नुहाउने क्रममा डुबेका बालक अचेत अवस्थामा फेला परेका थिए ।

लगतै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइएको बालक बोहराको उपचारका क्रममा मृत्यु भएको तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्