दाङ – नागरिक उन्मुक्ति पार्टीले यहि जेठ ६ देखि १० गतेसम्म आह्वान गरेको नेपाल बन्द प्रति देउखुरी उद्योग वाणिज्य संघ लमहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष खगेश्वर खनाल र महासचिव लेखराज केसीले आज शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै देशमा जारि राजनीति समस्यालाई राजनीति वार्ताबाटै समाधान खोज्न आन्दोलनरत पक्ष र सरकार पक्षलाई आग्रह गरेका छन ।
देशमा खस्किदो अर्थतन्त्रका कारण व्यवसायीहरु विस्थापित भैरहेको भन्दै यस्ता बन्द हडतालले कसैको हित नहुने भएकोले यस्ता कार्य नगर्न आन्दोलनरत पक्षसंग माग गरिएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछी यसैको विरोधमा नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्