विद्यार्थीलाई बलात्कार गर्ने शिक्षक प्रहरी सामु हाजिर

दाङ समाचार
दाङ समाचार ७ जेष्ठ २०८०, आईतवार
1 Min Read
Aa

दाङ – विद्यार्थी बलात्कार गरेको आरोप लागेका दाङका एक शिक्षकले प्रहरी सामू हाजिर भएका छन् । शान्तिनगर गाउँपालिका – ७ स्थित शिवशक्ति मावि धनौरीका शिक्षक खुमानन्द पौडेलले शनिबार बेलुकी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ ।

तर, दाङ प्रहरीले भने भागेर भारत पुगेका पौडेललाई काउन्टर पार्टसको सहयोगमा पक्राउ गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ । शिक्षक पौडेललाई गत चैत २० गते बेलुकी विद्यालयकै होस्टेलमा बस्ने १० कक्षामा अध्यनरत बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

बलात्कारको आरोप लागेपछि शिक्षक पौडेल फरार भएका थिए । उनलाई इप्रकातुलसीपुरको हिरासत राखेर प्रहरीले अनुसन्धान थालेको छ । पत्रकार गणेश आचार्यबाट

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्