स्रोत नखुलेको २० लाख रुपैयाँ सहित एक भारतिय पक्राउ

दाङ समाचार
दाङ समाचार ८ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

काठमाण्डौ– स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना भारतिय नागरिकलाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।

भारतको सितामढी जिल्ला मनपुरग्राम पञ्चायत घर भई हाल धनुषाको जनकपुर जनकपुरधाम उपमहानगरपालिका -६ मा डेरा गरी बस्ने २५ वर्षीय रन्धिर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

आज बिहान विशेष सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका–६ डोम्बाबारीबाट प्रहरीको गस्ती टोलीले उनलाई स्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको एसपी खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका ठाकुर हुन्डी कारोबारी हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्