दाङ – गएरातिको हावाहुरीले देउखुरीमा एक विद्यालयकाे छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जोडले आएको हावाहुरीका कारण सरस्वती माध्यमिक विद्यालय गाेवरडिहा विद्यालयकाे छाना उडाएकाे स्थानीय रघुन्दन चाैधरीले बताए । ‘ठूलो हावाहुरीले टिनकाे छाना उडायाे।
पठनपाठन प्रभावित हुने भयाे’, उनले भने,’गाउँपालिकाले तत्काल नयाँ छाना नहाल्ने हाे भने पठनपाठन गर्न सकिँदैन ।’ गढवा गाउँपालिका-३ मा रहेकाे विद्यालयकाे चार वटा कक्षाकाेठाकाे टिनकाे छानाे उडाउदा लाखौँ क्षति भएको छ ।
हावाहुरीका कारण विद्यालयमा भएको क्षति विवरण संकलन भइरहेकाे शिक्षा शाखा प्रमुख श्याम विश्वकर्माले बताए । उनले क्षति भएका विद्यालयकाे पूर्वाधार सुधार गरेर पठनपाठन सुचारू गरिने जानकारी दिए । #Deukhuritoday

प्रतिक्रिया दिनुहोस्