नेपाल प्रेस युनियन र तुलसीपुर नगर जेसिजले संयुक्त रुपमा रक्तदान कार्यक्रम गर्ने

दाङ समाचार
दाङ समाचार १२ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – नेपाल प्रेस युनियन दाङ र तुलसीपुर नगर जेसिजले शनिबार तुलसीपुरमा संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएका छन् ।

युनियनले आफ्नो ३२औं स्थापना दिवसको अवसरमा र जेसिजले आफ्नो साताब्यापी कार्यक्रम अन्तरगत संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्न थालेका हुन ।

अस्पतालहरुमा रगतको कमी हुन नपावस र अनाहकमा कसैको ज्यान नजावस भन्ने उदेश्यका साथ संयक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का र तुलसीपुर नगर जेसिजका अध्यक्ष शालिकराम वलीले जानकारी दिएका छन् ।

‘ सामाजिक कार्य संयुक्त रुपमा मिलेर गर्दा झनै प्रभावकारी हुन सक्छ भन्ने उदेश्यका साथ हामीले मिलेर रक्तदान कार्यक्रम गर्ने निधो गरेका हौं,’ जेसिजका अध्यक्ष वलीले भने ‘ सेवा नै धर्म हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै सहयोगी सबै मनहरुलाई रक्तदानका लागि हामी संयुक्त रुपमा आग्रह गर्दछौं।’

रक्तदान नै जीवन दान भएको हुँदा आँफुहरुले पहिले नै निर्धारण गरेको रक्तदान कार्यक्रममा हातेमालो गर्न नेपाल प्रेस युनियन आउनु सुखद पक्ष भएको नगर अध्यक्ष वलीले जानकारी दिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले प्राबिधिक सहयोग गर्ने रेडक्रसका बिश्राम अधिकारीले बताएका छन् । रक्तदान कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्