गणतन्त्र दिवसको अवशरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा शुभकामना व्यक्त

दाङ समाचार
दाङ समाचार १५ जेष्ठ २०८०, सोमबार
2 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गणतन्त्र दिवसको अवशरमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्रीले जारि गरेको शुभकामना सन्देशमा यस्तो लेखिएको छ –

आज जेठ १५ गते ऐतिहासिक दिन । १६औँ गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ महत्वपुर्ण आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र स्थापनाका लागि नेतृत्व प्रदान गर्ने राजनीतिक दलका नेताहरूप्रति उच्च सम्मान प्रकट गर्दै गणतन्त्र स्थापनामा महत्वपुर्ण भूमिका खेल्नुहुने सम्पूणर्मा उच्च प्रशंसा गर्दै आभार व्यक्त गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको उत्सव मनाउदै आएका छौ । हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता हो । तीन तहका सरकार बीच अधिकारको बाँडफाँड संगै संघीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वको महत्व अझै आबश्यक रहेको छ । संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्था सामाजिक एवं राजनीतिक रूपमा संस्थागत हुँदै गइरहेको छ ।

गणतन्त्र दिवसले मुलुकको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।

प्रदेशका नागरिकहरुलाई आर्थिक समृद्धिको बाटो लैजान दृढतापूर्वक अगाडी बढेको छ । संविधानले प्रत्याभूत गरेका अधिकार सुनिश्चित गरिरहेको सन्दर्भमा ती अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रनिर्माणमा यस दिवसले हामी सबैलाई थप उत्प्रेरणा प्रदान गर्नेछ । ऐतिहासिक दिनको अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्