दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको बताउनु भयो ।
सोमबार लुम्बिनी प्रदेशले राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको १६ औं गणतन्त्र दिवसको अबशरमा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारमा पूर्ण अधिकार नआउँदासम्म गणतन्त्र संस्थागतमा चुनौति थपिदै जाने खतरा रहेको प्रष्ट पार्नु भयो ।
गणतन्त्र संस्थागत नहुँदा सम्म जनताको अधिकार प्राप्तिको लागि सरकार लडी रहने पनि उहाँले बताउनु भयो । उहाँले केन्द्रले प्रदेश सरकारलाई दिनु पर्ने अधिकार आफै केन्द्रमा थमौती गरेर राख्दा कति असर गरेको छ भन्ने कुरा आएर केन्द्र सरकारले स्थानीय नागरिकलाई सोधोस् अनि बल्ल जनताले जवाफ दिने छन’– उहाँले भन्नु भयो ।
अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्रीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आ–आफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएको औँल्याउनु भयो ।
साथै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने बताउनु भयो । अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप गर्न भएन । अधिकारहरू प्रदेशमा दिन उहाँले केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको छ । गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पु¥याए मात्र गणतन्त्रमा सबैको अपनत्व बढ्ने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्