भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १६ जेष्ठ २०८०, मंगलवार
0 Min Read
Aa

काठमाडौं – भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ ।

सो बसमा बिहारका बासिन्दा चढेका थिए । घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्