अपराध नियन्त्रणमा आक्रमक बन्दै धनुषा प्रहरी

दाङ समाचार
दाङ समाचार १९ जेष्ठ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ– चोरीका घट्नामा संलग्न रहेकोे आरोपमा धनुषा प्रहरीले १३ जना मानिसहरू पक्राउ गरेको छ ।

साथै १६ वटा चोरीका मोटरसाइकल समेत वरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

जनकपुर नगर क्षेत्र लगायत धनुषा जिल्ला भित्र घरमा चोरी गर्ने, मटरसाईकल चोर्ने, साईकल, मोवाईल, पम्पिङ सेट, मोटर, ब्याट्री चोरी जस्ता घटनाहरूलाई नियन्त्रण गर्नको लागि जिप्रका धनुषाबाट तयार पारिएको विशेष सुरक्षा योजना अनुसार प्रहरी परिचालन गरि विभिन्न चोरीका घट्नामा संलग्न थप १३ जना चोरहरूलाई नियन्त्रणमा लिइएको एसपी खड्काको भनाई छ ।

पक्राउ परेकामाथी थप अनुसन्धान कार्य भई रहेको र सोही क्रममा चोरी भएका १६ वटा मोटरसाईकल, नाकमा लगाउने नाक फुली थान-१, चाँदीको चुरा थान-२, बाला-१ थान र नगद रूपैया समेत बरामद भएको धनुषा प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्