जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना गम्भीर

दाङ समाचार
दाङ समाचार २५ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ – जिप दुर्घटना हुँदा कालीकोटमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । एक जना गम्भीर घाइते भएका छन् ।

रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।

जिपमा तीन जना सवार थिए । एक जना गम्भीर घाइते छन् । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।मोड्ने क्रममा दुर्घटना भएको भन्ने जानकरी आए पनि थप अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्