एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न

दाङ समाचार
दाङ समाचार २७ जेष्ठ २०८०, शनिबार
1 Min Read
Aa

दाङ -लमही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा शुक्रबार एक दिने सहकारी शिक्षा कार्यक्रम लमहीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पुनीराम चौधरीको अध्यक्षता तथा लमही नगरपालिका सहकारी शाखाका प्रमुख महेश थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीको आबश्यकता,महत्व सहकारी किन भन्नेबारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा सहकारीको अर्थ, मर्म, मान्यता र सिद्धान्तहरु, सहकारीको आधारभुत कानून र सहकारीको बर्तमान अबस्थाको बारेमा प्रशिक्षण दिइएको थियो । संस्थाका उपाध्यक्ष ऋषि यादवको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार लिला शाह लगायतले बोल्नु भएको थियो । #Sidhapatra

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्