काठमाण्डौ – हिरासत कक्षको वाल भत्काएर फरार भएका ६ जना थुनुवा मध्ये थप एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका – २ रमदैया बस्ने अन्दाजी वर्ष २५ को रोशन यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।
२०७९ माघ १६ गते दिउँसो ३:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काई फरार भएका ६ जना थुनुवाहरू मध्ये ५ जना थुनुवाहरु यस अघि नै पक्राउ परिसकेका छन।
यादवलाई बिहान साढे दश बजेको समयमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको टोलीले भारतको सितामढीबाट जिल्ला महोतरी औरही बजार स्थित आफ्नो दिदिको घरमा आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्