दाङ – किसानको मागलाई मध्यनजर गर्दै लमही नगरपालिका-१ ले सिंचाईका लागि मोटर प्रदान गरेको छ । वडा नम्बर १ मा रहेको वृद्धआश्वम टोलका किसानहरुलाई सिंचाईका लागि मोटर प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिनु भयो ।
यो टोलमा वीस घरधुरी संख्या हुनुहुन्छ, उहाँहरुको खेतीयोग्य जमिनलाई सिंचाई पुग्ने गरि एक ओटा मोटर प्रदान गरेका छौ, यदि एउटा मोटरले सिंचाईमा समस्या भएमा आवश्यकता अनुशार थप प्रदान गर्ने छौं’- वडा अध्यक्ष पौडेलले भन्नु भयो ।
आज मंगलबार टोलबासीलाई बोलाएर २ हर्स पावरको मोटर प्रदान गरिकेको र भोलि या पर्सि तिर फेरी अर्को मोटर प्रदान गर्ने कार्यक्रम रहेको, आज दिएको भन्दा त्यो मोटर केहि ठुलो रहेको वडा अध्यक्ष पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्