कांग्रेस कार्यवाहक सभापतिको जिम्मा खड्कालाई

दाङ समाचार
दाङ समाचार ३१ जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवा फलोअपका लागि पत्नी आरजुसहित गएराति सिंगापुर गएका हुन् । उनी एकसातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्