कुटपिटबाट घाइते भएकी वडा सदस्यको मृत्यु

दाङ समाचार
दाङ समाचार ३२ जेष्ठ २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – श्रीमानको कुटपिटबाट एक जना वडा सदस्यको मृत्यु भएको छ । कुटपिट बाट गम्भीर घाइते भएकी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ की दलित महिला सदस्य ज्ञानी विकको मृत्यु भएको प्रहरीले बताएको छ ।

घरायसी झगडामा यही जेठ २९ गते ज्ञानीलाई श्रीमान् शम्भु विकले कुटपिट गरेका थिए । गम्भीर घाइते भएकी ज्ञानीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ । ज्ञानी अघिल्लो कार्यकालमा पनि दलित महिला वडा सदस्य निर्वाचित भएकी थिइन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्