बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री प्रचण्डबाट दुःख व्यक्त

दाङ समाचार
दाङ समाचार ३ असार २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नु भएको छ ।

उहाँले बेपत्ता भएकाहरुको खोजी, उद्धार एव् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।

बाढी–पहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ । ती जिल्लामा घर, पुल, सडक लगायतका संरचनामा पनि क्षति पुगेको प्रारम्भिक विवरण आएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायमा पनि अपिल गर्नु भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्