यातायात व्यवस्था कार्यालयबाट २ जना बिचौलिया पक्राउ

दाङ समाचार
दाङ समाचार ८ असार २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ– जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा हंसपुर नगरपालिका- ३ बस्ने वर्ष २० का अक्ष्य कुमार यादव र जनकपुर उपमहानगरपालिका- ११ बस्ने वर्ष २७ का प्रविण झा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

आज शुक्रबार अपरान्ह साढे तीन बजेको समयमा जनकपुर उपमहानगरपालिका-१४ मा रहेको यातायात कार्यालय जनकपुरमा बिचौलियाको काम गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यादव र झालाई नियन्त्रणमा लिइएको एसपी खड्काले बताउनु भयो ।

पक्राउ परेका दुबै जनामाथी अनुसन्धान कार्य भइ रहेको धनुषा प्रहरीले बताएको छ

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्