चट्याङ लागेर दाङमा २ को मृत्यु १ घाइते

दाङ समाचार
दाङ समाचार ९ असार २०८०, शनिबार
1 Min Read
Aa

दाङ– चट्याङ लागेर दाङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका- ६ बागरका २६ वर्षिय समिर केसी र वडा नबर ३ का ३६ वर्षिय रामनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो ।

उनिहरु दुबैजनालाई आज शनिबार अपरान्ह ५ बजे चट्याङ लागेको थियो ।

चौधरी र केसीले खेतमा काम गर्दै गर्दा चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका दुबैजनाको उपचारका लागि अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै बेलुका ७:३० बजे परेको चट्याङले दंगीशरण गाउँपालिका-६ बागरकी २६ वर्षिया पुनम राना घाइते भएको प्रहरीले जनाएको छ । रानाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्