दाङ – ५० औं स्थापना दिवसको अवशर पारेर नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले विविध कार्यक्रम गरेर मनाएको छ । शाखाले नेपाल अपांग संघ नवजीवन केन्द्र झिंगौरा दाङलाई खाद्यान्न तथा औषधी प्रदान गरेको अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो ।
त्यस्तै शाखाले तुलसीपुर निवासी क्यान्सर पिडित नन्दकला बुढालाई नगद वीस हजार रुपैयाँ समेत प्रदान गरेको छ । उनि राप्ती पहिचान डट कम अनलाइन पत्रीकाका संचालक यज्ञ बुढा मगरकी श्रीमती हुन। नेपाल औषधी व्यवसायी संघ जिल्ला कार्यसमिति दाङले विगत देखि नै सामाजिक क्षेत्रमा सक्रिय भई विभिन्न विधामा सहयोग गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्