कुटपिट तथा लुटपिटका फरार ५ प्रतिवादी पक्राउ

दाङ समाचार
दाङ समाचार १३ असार २०८०, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मुद्दाका फरार ५ जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काका अनुशार कुटपिट तथा लुटपिट मुद्दामा फरार रहेका ५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

आज बिहान १० बजेको समयमा इलाका प्रहरी कार्यालय फुलगामा धनुषाबाट खटिएको प्रहरी टोलीले जनकपुर उपमहानगरपालिका- २० बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ५ जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत धनुषामा बुझाईएको धनुषा प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्