दाङ – लमही नगरपालिका – ८ सतबरियामा रहेको राप्ती फिड ईण्डष्ट्रिज प्रा.लिले ज्योति आधारभूत विद्यालयलाई फर्निचर सामाग्रीहरु प्रदान गरेको छ । उक्त सामाग्रीहरु शुक्रवार राप्ती फिड ईण्डष्ट्रिज प्रा.लिका अध्यक्ष लीलाराम खनालको नेतृत्वमा गएको टोलीले विद्यालयका प्रधानध्यापक विहारी चौधरीलाई हस्तान्तरण गरिएको हो । दुइ लाख तीसहजार मुल्य बराबरको फर्निचरका सामाग्री रहेका छन ।
विद्यालयका प्रधानध्यापक विहारी चौधरीले विद्यालयको गतिविधिबारे प्रकाश पार्दै, प्रा.लिले प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै विद्यालयको उन्ननय एवं विकासका लागि आगामी दिनमा समेत राप्ती फिड ईण्डष्ट्रिज प्रा.लिले यस प्रकारको सहयोग पु¥याउने छ भन्ने आशा व्यक्त गरे ।
कार्यक्रममा राप्ती फिड ईण्डष्ट्रिज प्रा.लिका अध्यक्ष खनालले माग गरे अनुसार फर्निचरका समाग्रीहरु उपलब्ध गराएको जानकारी दिए । प्रा.लिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत निकट भविष्यमा विपन्न बस्तीमा पुगेर सामाजिक योगदान कार्यक्रम संचालन गर्ने अध्यक्ष खनालले बताए ।
लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उमेशकुमार खड्काले आगामि आर्थिक वर्षको बजेटबाट विद्यालयलाई चाहिने आवश्यक सामाग्री उपलब्ध गराउने बताए । राप्ती फिड ईण्डष्ट्रिज प्रा.लिका अध्यक्ष लिलाराम खनालको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उमेशकुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.लिका सदस्य इश्वर प्रकाश श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, विद्यालयका प्रधानध्यापक विहारी चौधरी लगायतले बोलेका थिए ।
त्यसैगरी राप्ती फिड ईण्डष्ट्रिज प्रा.लिले लमही नगरपालिका वडा नम्बर ८ स्थित सतवरिया स्वास्थ्य चौकीलाई खानेपानी फिल्टर हस्तान्तरण गरेको छ । राप्ती फिड ईण्डष्ट्रिज प्रा.लिका अध्यक्ष लीलाराम खनालले लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष उमेशकुमार खड्कालाई हस्तान्तरण गरेका हुन ।
प्रालिका अध्यक्ष लीलाराम खनालको अध्यक्षता तथा वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्