शिव शक्ति माध्यमिक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना

दाङ समाचार
दाङ समाचार २२ असार २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – राजपुर गाउँपालिका – ७ भौवा नाकामा रहेको शिव शक्ति माध्यमिक विद्यालयमा एक लाख बढीको अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व विद्यार्थी तथा वर्ड लिंक कम्युनिकेशन लिमिटेड ताराताल बर्दियाका पुर्व सुपरभाइजर राजपुर-७ स्याउले निवासी जीतबहादुर नेपालीका छोरा स्वर्गीय तुलसीराम नेपालीको नाममा एक लाख, एक हजार,एक सय,एघार रुपैयाँँको अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक लिलाधर विकले जानकारी दिए ।

प्रत्येक वर्ष कक्षा १० को एसईई परीक्षामा उत्कृष्ट हुने १ जना विद्यार्थीलाई छात्रवृत्ति दिनेगरि स्वर्गीय नेपालीका बुवा जीतबहादुर नेपालीको पहलमा वर्डलिंक कम्युनिकेशन लिमिटेडले उक्त विद्यालयमा अक्षगरिएको छ । उक्त विद्यालयमा अध्ययनरत छात्र तुलसीरामको गत पुष २६ गते मृत्यु भएको थियो । उनको मृत्यु पछि बुवा जीतबहादुर र वर्डलिंक कम्युनिकेशन लिमिटेड बर्दिया शाखाद्वारा तुलसीरामको सम्झनामा बिहीबार विद्यालयमा पुगेर अक्षयकोष स्थापना गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल बहादुर खड्काको रोहबरमा पहिलो पक्ष वर्डलिंक कम्युनिकेशन लिमिटेड बर्दिया शाखाका प्रमुख रवीन्द्र प्रसाद उपाध्याय, तुलसीरामका बुवा जीतबहादुर नेपाली र दोस्रो पक्षमा विद्यालयका प्रधानाध्यापक लिलाधर विक, लेखापाल शारदा थापाको बीचमा सम्झौता भएको छ । त्यस्तै विद्यालयका प्रधानाध्यापक लिलाधर विकले स्वर्गीय तुलसीरामका बुवा जीतबहादुर र वर्डलिंक कम्युनिकेशन लिमिटेड परिवारलाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्