दाङ – लमही नगरपालिका- ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले खसी बोका बिक्री गर्ने कृषकलाई वोनस रकम प्रदान गरेको छ ।
वडा नम्बर ९ निवासी बाख्रा पालक कृषक हुमा वलीले धेरै खसी बोका बिक्री गरेकोले सहकारी मार्फत सबैभन्दा धेरै वोनस रकम पाउने मध्य एक हुनुहुन्छ ।
उहाँले आर्थिक वर्ष ०७८÷०७९ मा ८८ वटा खसि बोका सहकारी मार्फत विक्रि गरेर ४० हजार १ सय १३ रुपैँया वोनस रकम प्राप्त गर्नु भएको छ ।
वडामा जनप्रतिनिधिहरु निर्वाचि भइ आएर आर्थिक सहयोग बढाउँदै लग्यो अनि मैले पनि बाख्रा बढाए, कृषक वलीले भन्नुभयो,–। ‘मैले सोचेको पनि थिएन आफ्ना बाख्रा बेच्दा पनि सहकारी संस्थाले यति धेरै पैसा दिन्छ भनेर ।
त्यती मात्रै कहाँ होर, लमही नगरपालिका – ९ तेलिया निवासी कमला खत्रीले सहकारी संस्था मार्फत ७७ वटा खसि बोका विक्री गरेर ४४ हजार ७ सय ५ रूपैयाँ प्राप्त गर्दा आश्चार्य पर्नुभयो ।
त्यस्तै कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था रिहार मार्फत तीनसय १६ जना खसि बोका पालक किसानले एघार लाख ८९ हजार ६ सय वोनस रकम पाएका छन् । अनुदान पाउने सबै किसान हर्षित छन् ।
उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानमा उत्साह छाएको छ । ०७८ साउन १ गते देखि ०७९ असार ३० गते सम्म कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत तीनसय १६ जना किसानले एघारलाख ८९ हजार ६ सय वोनस रकम पाएका संस्थाका व्यवस्थापक हेमनारायण चौधरीले जानकारी दिनुभयो ।
किसानले सहकारीमा विक्रि गरेको खसी बोकाको प्रति किलो २० रुपैयाँ २३ पैसाका दरले विक्रि गरेको मात्राको आधारमा किसानलाई वोनस रकम वितरण गरिएको छ । उक्त सहकारी संस्था मार्फत गतवर्ष दुइसय ३ जना कृषकलाई एघार लाख ५३ हजार ५ सय २५ रूपैयाँ वोनस रकम वितरण गरिएको थियो ।
लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यष भेषबहादुर केसी (रमेश)ले सहकारी समृद्धिको मुख्य आधार भएको बताउनुभयो । सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै उहाँले सहकारीले स्थानीय उत्पादित वस्तु बजारमा बिक्री गरेर आय—आर्जनतर्फ लाग्नुपर्ने आवश्यकता रहेको टिप्पणी गर्नुभयो ।
‘अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको छ । देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्ने हुन्छ, वडाध्यक्ष केसीले भन्नुभयो,–।
‘मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भमध्ये सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भ हो ।’
यस्तै कार्यक्रममा कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देविमाया थापाले सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको बताउनुभयो । ‘जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ, अध्यक्ष थापाले भन्नुभयो,–।
‘सहकारीले नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय काम गर्न सक्छ ।’ यस्तै लमहीको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ८लाख ४९ हजार ६ सय रुपैयाँ एकसय ९८ जना किसानलाई वोनस रकम वितरण गर्न स.स्थाका व्यवस्थापक हरि चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्थाले ६२ जना बाख्रापालक किसानलाई एकलाख २४ हजार ८ सय रुपैयाँ वोनस रकम वितरण गर्न लागेको संस्थाका बजार व्यवस्थापक सुरज चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहकारी मार्फत गतवर्ष बंगुर बिक्री गरेका १६ जना किसानलाई २३ हजार ३ सय ३४ रुपैयाँ वोनस रकम वितरण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्