भन्सार छलेर ल्याउदै गरेको सामान धनुषा प्रहरीको नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार २८ असार २०८०, बिहीबार
1 Min Read
Aa

काठमाण्डौ– जिल्ला प्रहरी कार्यालय धनुषाले ५ लाख बढिको भन्सार छली गरेको सामान बरामद गरेको छ । यहि असार २७ गते राती ९ बजेको समयमा ती सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनु भयो ।

भन्सार छली गर्दै सामान ल्याउन लागेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले विदेह नगरपालिका -६ बाट पाँच लाख सैंतिस हजार आठ सय तिस बराबरको किरानाका सामान, मोटरपार्ट र २ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

बरामद गरेको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरी प्रमुख खड्काले बताउनु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्