दाङको शिव खोलामा ट्रक खस्यो

दाङ समाचार
दाङ समाचार ३ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

दाङ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ ।रासायनिक मल बोकेर रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज (बुधबार) बिहान ४ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा चालक बसन्त चौधरी र सहचालक प्रदीपकुमार रनिया घाइते भएका प्रहरीले जनाएको छ । चालक ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरिएको थियो । ट्रक पुलको रेलिङ भाँच्दै खोलामा खसेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् । ट्रक खोलामा खसेको तीन घण्टा बितिसक्दा पनि चालकलाई निकाल्न सकिएको छैन। सञ्चारकर्मी तिर्थराज चौधरीको सहयोगमा

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्