ओम प्रकाश बसेल
दाङ – गढवा गाउँपालिका- ६ र ७ को सिमानामा पर्ने सिक्रहवा साेतामा आज घाइते अवस्थामा रहेको घडियाल गोही भेटिएको छ । सोतामा माछा मार्न गएका बालबालिकाले देखेर स्थानीयलाई खबर गरेका थिए ।
स्थानीयले सिक्रहवा सोतामा घडियाल गोही देखेपछि सब डिभिजन वन कार्यालय गढवालाई जानकारी दिएका थिए ।
घडियाल गोहीको टाउकाेमा चाेट लागेकाे छ । जानकारी पाएलगत्तै घटनास्थलमा वन कर्मचारी, प्रहरी तथा स्थानीय पुगेर उद्दार गरेका थिए।
घाइते अवस्थामा रहेको गोहीलाई डिभिजन वन कार्यालय देउखुरी दाङको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घडियाल गोही संरक्षित वन्यजन्तु अन्तर्गत पर्छ। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले उद्दार गरेको घडियाललाई सुरक्षित ठाउँमा लगेर छोडिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्