राप्ती नदीमा बगेर रामलाल कुमाल बेपत्ता

दाङ समाचार
दाङ समाचार ४ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका-९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमाल राप्ती नदीमा बगेर बेपत्ता भएका छन । हिज बुधवार राजपुर गाउँपालिका-७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने समयमा उनि बेपत्ता भएको प्राथमिक विद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले जानकारी दिए ।

राजपुर गाउँपालिका- ७ सिक्टामा कुवा खन्ने काम गर्दै आएका कुमाल काम सकेर घर फर्किंदा झोलुंगेपुल बाट नगएर सिधै रेउबाट कोल्तरा निस्किने गरि राप्ती नदी तर्न खोज्दा बगेर बेपत्ता भएको प्रधानाध्यापक बस्नेतले बताए । हिज बुधवार अपरान्ह चार बजे बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीद्वारा खोजि कार्य जारि भएपनि अहिले सम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्