दाङ – जिल्ला प्रहरी कार्यालय धनुषाले अवैध रुपमा भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ । पछिल्लो समययता जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छलेर नेपाल भित्र्याउने सरसामानमा निकै कडाई गरेको छ ।
आज दिउँसो १ बजेको समयमा गस्तीमा खटि गएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याएका विभिन्न किसिमका किराना समाग्रीहरू, लत्ताकपडाहरु लगायत तीन वटा मोटरसाकल बरामद गरेको धनुषाका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए ।
तिन लाख छियानब्बे हजार सात सय असि बराबरको सर-सामानहरू बरामद गरि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको खड्काले बताए । एसपी खड्का धनुषाको प्रहरी प्रमुख भएर त्यहाँ गएपछि लक्ष्य भन्दा राजश्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्