रोक्वा भएको जग्गा छिट्टै फुकुवा हुन्छ–सभापति पाण्डे

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २६ श्रावण २०८०, शुक्रबार
2 Min Read
Aa

दाङ – नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा रहेका रोक्वा जग्गाहरु छिट्टै फुकुवा हुने बताए । शुक्रबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै सभापति पाण्डेले नागरिकका गुनासाप्रति वर्तमान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी सकारात्मक भएको बताउदै उहाँकै पालामा त्यस क्षेत्रका जग्गा फुकुवा हुने सभापति पाण्डेले ठोकुवा गरे ।

त्यस क्षेत्रका नागरिकले पाएको सास्तीका बारेमा आफु र आफ्नो पार्टी पूर्णरुपमा जानकार रहेको पाण्डेको भनाई छ । मुख्यमन्त्री ज्युसंगको भेटघाटमा रोकिएको जग्गा फुकुवा गर्ने आफ्नो पहिलो एजेन्डा भएको बताउँनु भएको छ, हामीले पनि पटकपटक उहाँलाई छिटो छरितो काम अगाडी बढाउन अनुरोध गरेका छौं, यो विषयमा उहाँ अत्यन्तै सकारात्मक हुनुहुन्छ, जग्गा फुकुवा हुन्की भन्ने भ्रममा कोहि नपर्न पनि सभापति पाण्डेले आग्रह गरे ।

राप्ती गाउँपालिकामा रहेका जग्गाहरु एमाले नेता शंकर पोख्रेल, लिला गिरी र माओवादी नेता कुल प्रसाद केसी मुख्यमन्त्री भएको समयमा नै फुकुवा हुनु पर्ने हो तर के कारण रोकिए ? के स्वार्थ बाझिएको छ आम नागरिकको दैनिकीसंग खेलवाड गर्ने उहाँहरुको ? पाण्डेले भने ।

लुम्बिनी प्रदेश सरकारले त्यस आसपास क्षेत्रमा जग्गा किनवेच र कित्ता काट गर्न २०७७ असोज १६ गते जग्गा रोक्वा गरेको थियो त्यस लगत्तै असोज २० गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) भनेर घोषणा गरेको थियो । तीन वर्ष भन्दा बढी भैसक्दा पनि नागरिकका जग्गा फुकुवा नहुँदा उनीहरुमा निरासा छाएको राप्ती गाउँपालिकाका स्थानीय हरि भुसालले बताए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्