नवलपुरे ठिटो तिलक रामदामको ‘पछ्यौरी चुन्नीको’ गीत सार्वजनिक

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ– गीतकार तथा मोडल तिलक रामदामको ‘पछ्यौरी चुन्नीको’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । यो गीत कलाकार रामदामको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

लोक तथा दोहोरी गीतको क्षेत्रमा स्थापित हुँदै गरेका कलाकार रामदामले पछिल्लो समय सर्वाधिक रुचाइएका चर्चित कलाकारहरुको स्वरमा गीत सार्वजनिक गर्दै आउनु भएको छ । यो गीतमा पनि सबै नाम चलेका कलाकारहरु जोडिनु भएको छ ।

यसै क्रममा लोकप्रिय गायक बिमल परियार र पूर्णकला विसीको आवाजमा रहेको ‘पछ्यौरी चुन्नीको’ बोलको गीत स्रोता माझ लिएर आउनु भएको छ । यस गीतमा मोडल रामदामको आफ्नै शब्द र संगीत रहेको छ ।

नवलपुरमा जन्मिएका कलाकार रामदामले माया प्रेमको जालमा परेका, बिछोड भएर अलग भएपनि मायालुको याद आइरहने, बिर्सन नसकेर गुनासो पोखिरहेका जस्ता भाव झल्किने शब्दलाई गीतमा समेट्नु भएको छ ।

यस गीतमा नायिका तथा मोडेल रिना गुरुङ र तिलक रामदामको अभिनय रहेको छ । चर्चित एरेन्जर जुजु गुरुङले गीतको एरेन्ज गर्नु भएको छ । मालाश्री स्टुडियोमा गीत रेकर्ड भएको हो भने शेर साउदले गीतको डाइरेक्सन गर्नु भएको छ ।

यो गीतको पूरा भिडियो हेर्नका लागि तलको लिंंक खोल्नु होला । 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्