दाङ – सर्जक लक्ष्मण पाण्डेको ‘एकान्तमा आँसु खसाए’ बोलको लोक तथा दोहोरी गीत सार्बजनिक भएको छ । पछिल्लो समयकी बहुचर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायक विक्रम परियारको सुमधुर आवाजमा रहेको गीतमा शब्द तथा लय सर्जक पाण्डेको रहेको छ ।
मंगलबार सार्वजनिक भएको म्यूजिक भिडियोमा अहिलेकी चर्चित मोडल स्मारिका ढकाल र अनिल पौडेलले अभिनय रहेको छ भने उक्त गीतको निर्देशन बिनोद भण्डारीले गरेका छन् ।
करण चैसिरको छायांकनमा तयार भिडियोको सम्पादन मनोज कार्की गरेका छन् । एल्बम उनको आफ्नै ‘लक्ष्मण पाण्डे’ युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गीतको अडियो भिडियो निकै उत्कृष्ट बनेको पाण्डेको दाबी छ ।
यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्