किसानलाई अनुदान रकम वितरण

दाङ समाचार
दाङ समाचार २९ असार २०८१, शुक्रबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिका – ७ कप्तानगंज स्थित दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले २ सय ३१ जना किसानले ११ लाख १० हजार ७४ रुपैयाँ अनुदान पाएका छन् ।

बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका कारण यो व्यवसाय छिटो फस्टाउँदै गएको हो । किसानले पालेका पशु बिरामी पर्दा फ्यानसेपका प्राविधिकहरुले किसानको घरघरमै पुगेर सहयोग गरिरहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्ती मगरले बताउनुभयो ।

उहाँले सहकारीले कृषकले उत्पादन गरेको खसीबोका खरीद गरी व्यापारीलाई सिधै बिक्री वितरणको व्यवस्था मिलाएको हुदाँ किसानलाई बजारिकरणमा धेरै सहजभएको बताउनुभयो । किसानले उत्पादन गरेको खसीबोका गाउँबाटै बिक्रीगर्ने र बढीभन्दा बढी मूल्य कृषकले पाउछन् भनेर सहकारी मार्फत खसी बिक्री गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

अनुदान पाएका सबै खसिबोका पालन किसानहरु हर्षित छन् । आर्थिक वर्ष ०७९÷०८० मा खसि बोका र माउ बाख्रा उत्पादन प्रावधानमा आधारित प्रोत्साहन अनुदानको रकम वितरण गरिएको छ ।
उत्पादनमा आधारित अनुदान कार्यक्रमले किसानमा उत्साह छाएको छ ।

२०७९ साउन १ गतेदेखि ०८० असार ३० गतेसम्म दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत उत्पादनमा आधारित अनुदान कार्यक्रमबाट २ सय ३१ जना किसानले ११ लाख १० हजार ७४ रुपैयाँ रकम वितरण गरिएको छ ।

किसानले सहकारी मार्फत विक्री गरेको खसिबोका प्रतिकिलो २५ रुपैँयाका दरले विक्री गरेको मात्राको आधारमा किसानलाई अनुदान वितरण गरिएको हो । उक्त सहकारी सहकारी मार्फत किसानहरुले १६ सय ५१ वटा खसिबोका विक्री गरिएको थियो ।

सहकारी मार्फत गतवर्ष १ सय ९९ जना किसानलाई ८ लाख ४९ हजार ६ सय रुपैँया अनुदान सहकारी मार्फत वितरण गरिएको हो । उहाँले भन्नुभयो,–। ‘किसानहरुले विक्रीगर्न योग्य भएका खसिबोका सहकारीलाई विश्वास गरेर कुरेर बस्नु भएको छ ।

सहकारी मार्फत खसिबोका विक्री गर्दा प्रोत्साहन अनुदान पाउने भएको हुनाले अहिले किसानहरुले खसिबोका गोठमै स्टक गरेर राख्नु भएको छ । यो अनुदानले वर्खाको सिजनमा गरिब किसानलाई घर खर्च चलाउन निकै सहज भएको छ ।’

केही वर्ष अगाडि परम्परागत रुपमा बाख्रापालन गर्ने यहाँकाकिसान अहिले व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका छन् । दुई÷चारवटा मात्रै बाख्रापालेका कृषकले अहिले ४०÷४५ वटा बाख्रापालन गरिरहेका छन् ।

दिपन सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष पुनम घर्तीको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ७ का वडा सदस्य उर्मीला चौधरीको प्रमुख सम्पन्न कार्यक्रममा संस्थाका सहकारीका बजार व्यवस्थापक हरिनारायण चौधरीले कार्यक्रम बारे जानकारी गराउनु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्