दाङ – लमही चेम्बर अफ कमर्सको छैटौं साधारण सभा शनिबार रिहारमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका संस्थापक अध्यक्ष अजय न्यौपानेले व्यवसायीहरुको हकहितका निम्ति चेम्बर सधै साथमा रहने बताउनु भयो । व्यवसायीहरुको दुखमा सधै अग्रसर हुने बताउँदै एकताको सन्देश दिन चेम्बरको स्थापना भएको र सामाजिक क्षेत्रमा सामाजिक उत्तरदायी भूमिका निर्बाह गर्नु पर्ने संस्थापक अध्यक्ष न्यौपानेले बताउनु भयो ।
संस्थाका अध्यक्ष सितल भुषालले ब्यापारीलाई प्रबर्धन तथा चलायमान गराउन चेम्बरको खाँचो रहेको बताउनु भयो । विपतमा परेकाहरुलाई सहयोग गरेको स्मरण गर्दै अध्यक्ष भुषालले सामाजिक क्षेत्रमा पनि चेम्बर सक्रिय रहने उहाँले बताउनु भयो । लमहीका विभिन्न चोकहरुमा चेम्बरले जानकारी मुलक बोर्ड स्थापना पनि गरेको छ । साथै आगलागी, बाढीबाट प्रभाबित बिभिन्न क्षेत्रहरुमा पुगेर चेम्बरले सहयोग गर्दै आएको छ ।
संस्थाका उपाध्यक्ष शसिराम नेपालीले सरकारले लिएको मौद्रिक नीतिले निजि क्षेत्रलाइ उत्साहित पारेको बताउदै निजि क्षेत्रले केही बर्षदेखी शिथिल रहेको अर्थ बजार पुन: चलायमान हुने आशा राखेको उहाँको भनाई छ । संस्थाका महासचिव केशब अधिकारीले कार्यक्रमको सहजिकरण गर्दै आर्थिक वर्ष २०७९/०८० को ७ लाख ३१ हजार ४ रुपैयाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
हाल संस्थामा लमही नगरपालिका अन्तरगत एकसय बढि व्यवसायी आबद्ध छन । व्यवसायीको संख्या बढाउन घरदैलोमा जाने निर्णय समेत गरेको छ । त्यसैगरी हिजै भएको छैटौं वार्षिक साधारण सभाले पत्रकार टेक बहादुर पुनलाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय गरेको छ । पत्रकार पुन दाङबाट प्रकाशित गोरक्ष राष्ट्रिय दैनिक पत्रिकामा आबद्द हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्