दाङ – देउखुरीमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ रसरीका ३८ वर्षीय गणेश घर्ती रहेका छन।
गणेशले सोमबार बिहान ३७ वर्षीया श्रीमती बसन्ती घर्तीलाई घरमै टाउकोमा रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घर्तीलाई घरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्