आपराधिक कार्यमा संलग्नहरुलाई भटाभट कारबाही गर्दै मकवानपुर प्रहरी

दाङ समाचार
दाङ समाचार ११ कार्तिक २०८१, आईतवार
3 Min Read
Aa

दाङ – खुकुरी देखाई लुटपाट गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका- ११ बस्ने वर्ष २० को असमिन आलेमगर र सोहि ठाउँ बस्ने वर्ष २० को अनिस चौलागाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

मकवानपुर बकैया गाउँपालिका- ४ बस्ने वर्ष २० को मनिष फुयाल सोहि ठाउँ बस्ने वर्ष २४ को सुजन पौडेलले लगाएको १ तोलाको सुनको सिक्री आलेमगर र चौलागाईले खुकुरी देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

यहि कार्तिक ११ गते अपरान्ह साढे चार बजेको अस्थायी प्रहरी पोष्ट थानाभर्याङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ११ थानाभर्‍याङ स्थित राप्ती खोलाको बगरमा दुबैलाई नियन्त्रणमा लिएको हो । सिक्री सहित नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्धामा मकवानपुर जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको एसपी खड्काले जानकारी दिनु भएको छ । त्यसैगरी लागु औषध सहित मकवानपुर जिल्लाको विभिन्न स्थान बाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका – ११ नमुना टोलबाट ऐ.ऐ.बस्ने बर्ष २३ को सुजन गुरुङ र ऐ.वडा नं. १० बस्ने बर्ष ३३ को अजय गहतराजको साथबाट ४ ग्राम , हेटौडा उपमहानगरपालिका- १ चौकीटोलमा डेरा कोठा गरी बस्ने बर्ष २३ को अरुण नेपालीको कोठाबाट ७ ग्राम गरी जम्मा ११ ग्राम लागू औषध खैरोहेरोईन प्रहरीले फेला पारेको थियो ।

त्यसैगरी प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका- १५ पिपलबोट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा पथलैयाबाट हेटौडातर्फ आउँदै गरेको बा ५४ प ६५९८ नम्बरको स्कुटर चालक जिल्ला ईलाम एकथापा गा.पा. वडा नं. ०६ बस्ने वर्ष ३५ को दिपेश श्रेष्ठ र स्कुटर पछाडी बस्ने जिल्ला पर्सा पोखरीया नगरपालिका- ६ बस्ने वर्ष २४ को लालबाबु पासवानले स्कुटरमा फल्स बटम बनाई लुकाई छिपाई राखी ल्याइएको अवस्थामा लागूऔषध फेनार्गन २०० एम्पुल, नुफिन २०० एम्पुल र डाईजेपाम २०० एम्पुल गरी ६०० एम्पुल डाईजेपाम फेला परेको हुदाँ उक्त लागूऔषध सहित सुजन गुरुङ, अजय गहतराज, अरुण नेपाली, दिपेश श्रेष्ठ र लालबाबु पासवानलाई पनि पक्राउ गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्