दाङ – स्वर्णिम क्याम्पस देउखुरीको विविएस तर्फ अध्ययनरत करिब चालीस जना विद्यार्थीहरुलाई यो तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई कर र लेखा सम्बन्धि जानकारी प्रदान गर्ने उदेश्यले तालिमको आयोजना गरिएको सहायक क्याम्पस प्रमुख चिरञ्जीवी रिजालले जानकारी दिए ।
कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले उद्योगी–व्यापारीलाई अप्ठ्यारो परेको बेला संघ अभिभावक बनेर पैरवी गर्न सधैं तयार रहेको बताएका छन । स्वर्णिम देउखुरी क्याम्पस लमहीले आयोजना गरेको कर तथा लेखा सम्बन्धी एक हप्ते तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष ठकुरीले लेखा र करका विषयमा व्यवसायी स्पष्ट हुनु जरुरी रहेको औंल्याए । “कर छल्ने वा हिसाब–किताब राम्रोसँग नराख्ने व्यक्ति कानूनी फन्दामा पर्न सक्छन्, त्यसैले यसबारे सचेत हुनुपर्छ,” उनले भने । उनले विद्यालयमा अध्ययनरत बालबालिकालाई कर तथा लेखासम्बन्धी शिक्षा दिने तालिम आयोजना गर्नु सराहनीय कदम भएको पनि उल्लेख गरे ।
सो कार्यक्रममा बोल्दै गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजालले स्थानीय स्तरमा दक्ष शिक्षकको अत्यावश्यक भएको बताए । शिक्षक अभावलाई परिपूर्ति गर्न गोरखा ग्रुपले काठमाण्डौ विश्व विद्यालयसंग सहकार्यमा अङ्ग्रेजी तथा गणित विषयमा विएविएड अनलाइन कक्षा सुरु गरेको छ । र यो कार्यक्रम भनेको पढ्दै र पढाउदै जाने कार्यक्रम भएको विद्यार्थीहरुलाई पढाईका साथ साथै कमाउन सहयोग पुग्ने प्रधानाध्यापक रिजालको भनाई छ ।
गोरखा ग्रुपका उपाध्यक्ष डोर बहादुर जिसीको अध्यक्षता तथा देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण स्वर्णिम क्याम्पसका सहायक क्याम्पस प्रमुख चिरञ्जीवी रिजालले गरेका थिए । भने स्वागत गोरखा मोडेल सेकेण्डरी स्कुलका प्रधानाध्यापक लोकमान रिजालले गरेका थिए ।
चालीस जना विद्यार्थी सहभागी भएको तालिमको प्रशिक्षकमा सिए विशाल गैरे रहेका थिए । कार्यक्रममा लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुसाल, होटल व्यवसायी लमहीका अध्यक्ष नारायण भुसाल लगायतले बोलेका थिए । स्वर्णिम क्याम्पस देउखुरीका सहायक क्याम्पस प्रमुख चिरञ्जीवी रिजालले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्