लमही अस्पतालमा निकट भविष्यमा दन्त सेवा सुरु हुन्छ – नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २३ कार्तिक २०८२, शनिबार
3 Min Read
Aa

दाङ – लमही नगरपालिकाका मेयर जोगराज चौधरीले लमही अस्पतालमा निकट भविष्यमा दन्त सेवा सुरु हुने जानकारी दिनुभएको छ । देउखुरी उद्योग वाणिज्य संघको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले भन्नुभयो, “यो विषयका लागि हामीले सम्बन्धित निकायसँग पहल गरिरहेका छौं र सकारात्मक जबाफ आएको छ ।” उहाँका अनुसार, अस्पतालमा दन्त सेवा सुरु भएपछि स्थानीय स्तरमा स्वास्थ्य सेवा अझै पहुँचयोग्य र प्रभावकारी बन्नेछ ।

साथै बजार व्यवस्थापनको विषयमा नगरपालिकाले ठोस कदम चालिसकेको बताउँदै उहाँले थप्नुभयो “बजार व्यवस्थापनका लागि सबै राजनीतिक दलको सहमतिमा मुआब्जा वितरण भइसकेको छ । अब बजार सुदृढ व्यवस्थापन र सरसफाइ अभियान अघि बढाइनेछ ।”

त्यसैगरी उद्धोग बाणिज्य महासंघ लुम्बिनि प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले व्यापारीहरूलाई गुणस्तरीय उत्पादन र उपभोक्ताप्रति सम्मानजनक व्यवहारमा जोड दिन आग्रह गर्दै भने “हामी व्यापारीका कारण जलिनु पर्ने होइन, बरु अब सुधार र सचेतताबाट समाजलाई मार्गदर्शन गर्नुपर्ने समय आएको छ ।”

कार्यक्रममा लायन्स क्लब लमहीका अध्यक्ष हल्लुप्रसाद चौधरी, पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाह, नागरिक समाज दाङका अध्यक्ष निमबहादुर थापा, पूर्वअध्यक्ष लिलाराम खनाल, रोल्पा उद्धोग बाणिज्य संघका कोसाध्यक्ष ओबिलाल केसी,सिसहनिया उद्धोग बाणिज्य संघका अध्यक्ष इस्वरी प्रसाद न्यौपाने,नाराणपुर उद्धोग बणिज्य संघका अध्यक्ष अनिल बस्नेत ,दाङ उद्धोग बाणिज्य संघ कार्यबाहक अध्यक्ष धुर्ब राज गहतराज, राष्ट्रिय जनमोर्चा लमहीका अध्यक्ष बसन्त न्यौपाने,रास्वपा नेकपा माओबादी केन्द्र लमहीका अध्यक्ष बसन्तराज शर्मा लगायत वक्ताहरूले देउखुरी उद्योग वाणिज्य संघको भूमिकाको प्रशंसा गर्दै क्षेत्रीय आर्थिक विकासका लागि एकजुट भएर काम गर्नुपर्ने धारणा राखेका थिए ।

साधारणसभामा बोल्ने अन्य बक्ताहरुले उद्धोग बाणिज्य संघलाइ देशभित्र र बाहिर चिनाउन संघले लगानीमैत्री वातावरण सिर्जना गर्ने लक्ष्य राखेको बताउदै देउखुरी उद्योग वाणिज्य संघले देउखुरीको पहिचान, संस्कृति र व्यवसायलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशा लिएको छ । केही समयमै यसको सकारात्मक परिणाम देखिन पाउने कुरामा बिस्वस्त हुन आग्रह गरेका थिए ।

देउखुरी उद्योग वाणिज्य संघको २२औं वार्षिक साधारण सभा संघका अध्यक्ष कमलजंगसिंह ठकुरीको सभाध्यक्षता, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीको विशिष्ट आतिथ्य, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा महासचिव हरिबहादुर थापाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष बसन्त भण्डारीले रु. २७ लाख ३० हजार ७९२ रुपैया ६ पैसा बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । देउखुरी उद्धोग बाणिज्य संघकि उपाध्यक्ष शारदा सुबेदिको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव हरी बहादुर थापाले गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्