लमहीमा गोली प्रहार प्रकरण : सुनचाँदी व्यवसायीद्वारा पसल बन्द, सुरक्षाको माग

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २२ मंसिर २०८२, आईतवार
2 Min Read
Aa

दाङ – लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास भएको घटनाको विरोधमा दाङका सबै सुनचाँदी व्यवसायीहरूले आज आफ्नो पसल बन्द गरेका छन । शनिबार बजार बन्दको दिन गहना किन्न आएको बहाना बनाएर आएका अज्ञात व्यक्तिले पसलमा काम गर्दै आएका कालिगढ दीपक सुनारमाथि गोली प्रहार गरी भागेको प्रहरीले जनाएको छ ।

व्यवसायीमाथि दिनदहाडै भएको यस्तो आक्रमण अत्यन्त खेदजनक र त्रासपूर्ण भएको लमहीका सुनचाँदी व्यवसायीहरूको भनाइ छ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार हुनु दुःखद भएको उल्लेख गर्दै दोषीलाई छिटो पत्ता लगाई कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन ।

गोली प्रहार गरी सुरक्षामा चुनौती उत्पन्न भएको भन्दै सुनचाँदी व्यवसायीहरूले सुरक्षित र भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रशासनसँग माग गरेका छन ।

दाङ जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष बिनोद कुमार विश्वकर्माको अध्यक्षतामा र देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीको प्रमुख आतिथ्यतामा व्यवसायीहरूले घटना सम्बन्धमा छलफल गरेका थिए ।

सुनचाँदी व्यवसायीहरूले मंसिर २० गते लमही बजारमा घटेको घटनाबारे वडा प्रहरी कार्यालय लमही, जिल्ला प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रशासन कार्यालय दाङको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल कानुनी कारबाही र प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न माग गरेका छन ।

गोलि प्रहार गर्ने व्यक्ती अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्