दाङ – बढ्दो शहरी करणको तिब्र विकास भइरहेको लमही क्षेत्रमा सह–लगानीमा खानेपानीको ठूलो आयोजना निर्माणको काम अघि बढेको छ । उपभोक्तालाई २४ घण्टा पानी सुविधालाई निरन्तरता दिनेगरी आयोजनाको काम अघि बढेपछी उपभोक्तामा खुसीयाली छाएको छ । कुनै समय पानीको संकट थियो ।
खोला र इनारको पानी खानुपर्ने बाध्यतामा रहेका लमही नगर क्षेत्रका उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन सहलगानीमा खानेपानी आयोजना लागु भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सह–लगानीमा ३५ करोड ३५ लाख बढीको बजेटमार्फत खानेपानी आयोजना विस्तार गर्न थालिएको छ ।
आयोजना अन्तरगत ओभरहेड टंकी निर्माणको काम अघि बढेको हो । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, आयोजना कार्यालयका प्रमुख देवेन्द्रकुमार झाँ र लमही खानेपानीका अध्यक्ष सनमकुमार पौडेलले संयुक्तरुपमा शिलान्यास गरेका हुन ।‘पानीको समस्या भविस्यमा पनि हुन भएन । त्यही भएर यो आयोजनाको आवश्यकता परेको हो । अहिले पनि पानीको पहुँच नपुगेका बस्ती र उपभोक्ता हुनुहुन्छ ।
त्यहाँ सम्म सुविधा पुगोस’ नगर प्रमुख चौधरीले भने,‘स्वच्छ पानी खान पाउनुपर्ने नागरिकको अधिकार हो । त्यो अधिकारबाट कोही पनि बञ्चित हुनुहुदैन ।’ आयोजना कार्यालयका प्रमुख देवेन्द्रकुमार झाँले पाईपलाईन विस्तार र अन्य निर्माणको कामलाई तिब्रता दिनुपर्ने बताए । ‘यहाँको कामले गति लिनेछ’ उनले भने,‘दुई बर्ष भित्र काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी छ । सबै निकायसंग समन्वय गरेर कामलाई रफ्तार दिनुपर्ने देखिन्छ ।’
खानेपानी संस्थाका अध्यक्ष सनमकुमार पौडेलले पानीको समस्या समाधान गर्नेगरी आयोजनाको काम अघि बढेको, पानी वितरणको क्षेत्र विस्तार हुने बताए । ‘साना दोस्रो साना शहरी खानेपानीले पनि पानीको माग धान्न नसक्ने अवस्था भएपछी यो आयोजना अघि बढाउनुपरेको हो’उनले भने,‘यसमा नेपाल सरकारको ७० प्रतिशत र बाँकी ३० प्रतिशत स्थानीय सरकार र खानेपानी संस्थाको लगानीबाट यो काम अघि बढेको हो ।’
खानेपानी संस्थाका सचिव वसन्त आचार्यले उपभोक्तालाई पानी पु¥याउने जिम्मेवारी अनुसार नयाँ आयोजना आवश्यकता परेको हो । यस अघि दोस्रो साना शहरी खानेपानी आयोजना लागु भएको थियो । जसको क्षमता २ हजार ६ सय धारा वितरणको थियो । तर, अहिले क्षमता भन्दा धेरै करिब ६ हजार धारा वितरण गरिएको छ । पानीको माग बढ्दै जाँदा नयाँ आयोजनाको आवश्यकता परेकाले सह लगानीमा आयोजनाको काम अघि बढाइएको हो ।
शिलान्यास कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, पूर्व अध्यक्ष जंगबहादुर चौधरी, विमबहादुर केसी, नेकपा एमालेका नगर अध्यक्ष रतनकुमार केसी, नेपाली कम्यूनिष्ट पार्टीका दिलकुमार श्रेष्ठ, रास्वपाका शिवलाल भण्डारी, टोल विकास संस्थाका अध्यक्ष ताराप्रसाद खनाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
सहलगानीमा अघि बढेको खानेपानी आयोजनाबाट क्षेत्र विस्तार गरिने छ भने, दुई बर्ष भित्र दुई सय ४ किलोमिटर पाईपलाइन विस्तार गरिने छ । पानीको संकटलाई समाधान गर्नेगरी आयोजनाले भूमिका खेल्ने जनाइएको छ । कार्यक्रमको सहजीकरण सचिव बसन्त आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्